|  

लाइन काटिएका सबै उद्योगमा लाइन जोड्न कुलमानको निर्देशन

२८ कात्तिक,काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातहतका कार्यालयलाई उद्योगहरूमा लाइन जोड्न निर्देशन दिएका छन् ।

सोही अनुसार मंगलबार राति ६ वटा उद्योगमा लाइन जोडिएको छ भने बाँकी उद्योगमा पनि आज जोडिने प्राधिकरणले जनाएको छ । 

बुधबार लाइन काटिएका सबै उद्योगमा लाइन जोडिने प्राधिकरणले जनाएको छ । महसुल भुक्तानी नगरेपछि प्राधिकरणले गत कार्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो ।