२८ कात्तिक,काठमाडौं । चीनको झुहाईमा एउटा कारले रंगशालाबाहिर कसरत गरिरहेका मानिसहरूको भीडलाई किच्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।
घाइते हुनेमा ठूलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन् । कार चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सहरमा हुन लागेको ठूला नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेरामा यो दुर्घटना भएको हो ।
प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्धविच्छेदपछि सम्पत्तिको टुङ्गोमा चित्त नबुझेकाले मानिसहरुमाथि गाडी चढाएको प्रहरीले जनाएको छ ।