२८ कात्तिक,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केपी ओली नेतृत्वको सरकार अहिलेसम्मकै कमजोर रहेको बताएका छन्।
काहीँ कतै कसैको अवरोध नहुँदा समेत सरकारले कुनै गति लिन नसको भन्दै र जनताको काम शून्य भएको उनले बताए । यो देशमा सरकार चलाउन सबै खालका अभ्यास भइसकेको तर दुईठुला दल मिलेर सरकार सञ्चालन हुँदा झन् जनताले महँगी र पिडा बेहोर्नु परेको उनले बताए ।
अहिलेको सरकार बाटो भुलेर बसेको बटुवा कहाँ जाने र के गर्ने हो थाहा हुँदैन यस्तै संज्ञा दिँदै यो एमाले र काँग्रेस मिलेर बनेर सरकारले केही काम र जनताको पक्षमा नरहेको उनको भनाई थियो ।
राप्रपा काभ्रेको आठौँ जिल्ला अधिवेशनको उद्घाटनको लागि बनेपा आएका लिङ्देनले गत असोजमा आएको बाढी पहिरोमा सरकारको भूमिका नदेखिएको बताए । ‘जनता पीडामा रहँदा समेत सरकार कहाँ थियो थाहा पाएनौँ ।, उनले भने, ‘जनतामा धेरै आस थियो, केही गर्छ कि भन्ने लाग्या थियो तर सरकार कुहिरोमा हराएको काग जस्तै अलमलियो ।’
उनले आगामी निवौचनमा जिल्लाका सबै वडा तहसम्म उम्मेदवार उठाएर जित हासिल गर्ने अवस्थामा पार्टी पुर्याउन नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । गत निवौचनमा सबै पालिकामा उम्मेदवार समेत तय गर्न नसकेको भन्दै अब यो अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।