२८ कात्तिक,काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।
बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा रुपन्देही लगिएका उनको बुधबार जिल्ला सरकारी वकिलको कार्याल रुपन्देहीमा बयान सकिएको हो ।
रविलाई बयानका लागी कास्कीबाट रुपन्देही लगिएको थियो । उनीसँग मंगलबार पनि बयान लिइएको थियो ।