|  

लाइन जोडिएका उद्योगहरूले १५ दिनभित्र महसुल नबुझाए फेरि लाइन काट्ने प्राधिकरणको चेतावनी 

२९ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने भएकोछ  ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरेर बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन  काट्ने जानकारी गराएको हो  । 

मन्त्रिपरिषद्को मिति २०६१ / ०७ / २५ को बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मिति २०६१ / ०७ / २७ को ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएकोले सोही अनुसार भुक्तानी गर्न प्राधिकरणले आग्रह गरेको छ । 

bijuli