२९ कात्तिक, काठमाडौं । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन निःशुल्क खोप अभियान सञ्चालन गर्ने भएको छ ।
सरकारले क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो ।
अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९०० किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।