२९ कात्तिक, काठमाडौं । ब्राजिलको सर्वोच्च अदालत परिसरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार साँझ सर्वोच्च अदालत परिसरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको स्रोतले जनाएको छ । बुधबार साँझ दुई पटक विस्फोटको आवाज सुनिएको थियो । बुधबार साँझ अदालत प्रवेश गर्न खोजेका एक व्यक्तिलाई प्रहरीले रोकेको थियो । त्यति नै बेला विस्फोटको आवाज सुनिएको थियो ।
त्यतिबेला न्यायाधीशहरूले भर्खरै सुनुवाइ सकाएका थिए। विस्फोटको आवाज सुनिनेबित्तिकै उनीहरूलाई बाहिर निकालिएको थियो । लगत्तै प्रहरीले भवनको बाहिरी भागमा एक जनालाई मृत फेला पारेको थियो।