२९ कात्तिक, काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा रूपन्देही लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज पनि बयान लिइँदै छ ।
भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेसँग बिहान कार्यालय खुलेसँगै बयान लिएर सक्ने तयारी रहेको छ ।
मंगलबार कास्कीको पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालयले मंगलबारदेखि नै नियमित बयान लिइरहेको छ ।