२९ कात्तिक, काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका-७ को डाडाँफयाँमा पशुचौपायमा रेबिज रोग फेला परेको छ। एकसाता अगाडी ४ वटा पशुचौपाय मरेका थिए ।
बिरामी रहेको पशुको र्याल चेकजाँच गर्दा रेबिज भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाले जनाएको छ ।
मरेका पशुचौपाय (झोपा) को कलेजो, आन्द्रा फोक्सो चेकजाँच गर्दा कुनै लक्ष्ण नदिएको र जिउँदो पशु चौपायको र्याल चेकजाँच गर्न सुर्खेत पठाउँदा रेबिज देखिएको स्रोतले जनाएको छ ।