२९ कात्तिक, काठमाडौं । काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ ।
आईक्यूएअरका अनुसार काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ । यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
वातावरण विभागका अनुसार काठमाडौंको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ । खुमलटारको प्रदूषण १ सय ६९ एक्यूआई मापन गरिएको छ ।