|  

अबदेखि बेलायती पत्रिका द गार्डियनले एक्समा कुनै पोस्ट नगर्ने

२९ कात्तिक, काठमाडौं । बेलायती पत्रिका द गार्डियनले माइक्रो ब्लगिङ वेबसाइट एक्समा अबदेखि कुनै पनि कुरा पोस्ट नगर्ने जनाएको छ ।

एक्समा प्रायः विचलित पार्ने खालको सामग्री पाइने भन्दै पत्रिकाले लामो समयदेखि यसबारे सोचिरहेको जानकारी दिएकोे हो । यसमा अति दक्षिणपन्थी प्रोपोगान्डा र नस्लवादसँग सम्बन्धित सामग्री पनि समावेश भएको बताइएको छ । गार्जियनले भनेको छ, ‘हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट एक्समा पोस्ट गर्न बन्द गरेका छौं । तर एक्सका प्रयोगकर्ताहरूले हाम्रो समाचारहरू शेयर भने गर्न सक्छन ।