|  

रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी, बयान सकेर आजै कास्की पठाउने तयारी

२९ कात्तिक, काठमाडौं ।  बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा रूपन्देही लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज तेस्रो दिनको बयान सुरू भएको छ ।

पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरू गरिएको हो ।

हिजो १० घण्टा बयान लिइएको थियो । लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने बताए ।