|  

‘पूर्ण बहादुरको सारङ्गी’ बन्यो सबैभन्दा बढी कमाउने नेपाली फिल्म

२९ कात्तिक, काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ सबैभन्दा बढी कमाउने नेपाली फिल्म बनेको छ ।

वितरक मनोज राठीका अनुसार फिल्मले प्रदर्शनको १३ औँ दिनमा हालसम्मको रेकर्ड ब्रेक गरेको हो ।फिल्मले बक्स अफिसमा मंगलबारसम्म २५ करोड ४ लाख ग्रस कलेक्सन गरेको छ ।

यो कमाइ नेपालको मात्र हो । निर्माता र वितरकका अनुसार फिल्मले विश्वव्यापी रूपमा ४५ करोड रुपैयाँ कलेक्सन गरेको छ ।विजय बरालको मुख्य भूमिकामा बनेको फिल्ममा अञ्जना बराइली, मुकुन भुसाल र प्रकाश सपूतलगायत कलाकारको अभिनय रहेको छ ।