२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोषिमा कार्की र सोबिता गौतमविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।
सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित मुद्दा दर्ता गराएका हुन् । यो मुद्दामा मङ्सिर ३ गतेको लागि पेसी तोकिएको छ ।