२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी हिरासतमा राखेको भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।
रास्वपाले सभापति लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखेको विरोधमा रुपन्देहीको बुटवलदेखि भैरहवासम्म मोटरसाइकल ¥याली निकालेको हो । सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेको भैरहवामा तीन दिनदेखि बयान जारी छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना अभियोगमा जिल्ला अदालत रूपन्देहीबाट पक्राउ पुर्जी जारी भएका लामिछानेलाई आज पनि भैरहवास्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान लिइएको छ ।