|  

रास्वपाले नेताहरुले प्रधानमन्त्री ओलीलाई भेट्दै

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएका नेताहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने समयबारे छलफल गरेका छन् । प्रधानमन्त्रीले समय दिए लगत्तै रास्वपा सांसदहरुले भेटेर ज्ञापनपत्र बुझाउने तयारी छ । रविमाथि सरकारले गरिरहेको क्रियाकलापलाई लिएर ज्ञापनपत्र बुझाउन लागिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सहकारीको रकम अपचलन आरोपमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका छन् । रविलाई पोखरामा बयान गराएर अहिले रुपन्देही पु¥याइएको छ । रास्वपाले सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रतिशोध राखेर पक्राउ गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गरिरहेको छ । रास्वपाको यो कदमप्रति प्रधानमन्त्री असन्तुष्टि व्यक्त गरेका छन् ।