२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आजै पोखरा फर्काउने प्रहरीले तयारी गरेको छ ।
लामिछानेको बयान लिइसकेर पौने ५ बजेको जहाजबाट पोखरा लगिने प्रहरीले तयारी गरेको हो । यही कात्तिक २५ गते जिल्ला अदालत कास्कीले पूर्व गृहमन्त्रीसमेत रहेका रविलाई सहकारी ठगीसम्बन्धीसहितका प्रकरणमा अनुसन्धान गर्न थप १३ दिन म्याद दिएको थियो । कास्कीमै म्याद थप भएकाले उनलाई अड्डासार गरेर रुपन्देही लगिएको थियो ।
यता लामिछानेलाई पक्राउ गरी हिरासतमा राखेको भन्दै रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ ।