|  

भैरहवामा रविको बयान सकियो

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान सकिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । अब उनलाई पोखरा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी पक्राउ परेका थिए ।