|  

विभिन्न देश हिडेका शंकास्पद २६ यात्रु विमानस्थलमै रोकिए

२९ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न देश हिडेका शंकास्पद् २६ यात्रु विमानस्थलमै रोकिएका छन् ।

दुबई (युएई), जापान, माल्दिभ्स र साउदी अरेबिया हिडेका उनीहरूको यात्रा शंकास्पद् देखिएपछि बुधबार प्रस्थान अनुमति नदिइएको अध्यागमन विभागले जनाएको छ । उनीहरूमध्ये अधिकांश युएई जाने रहेका थिए । प्रस्थान अनुमति नपाउनेमा युएई हिंडेका राधिका विश्वकर्मा, उर्मिला गुरुङ, सुकुमाया स्याङ्तान, डिकराज कुँवर, सुमित्रा चेपाङ, मनिषा चेपाङ, पुष्पा थापा, सोनी घिसिङ, पुनम घले, विक्रम मगर, अनिता खड्का, आशाकुमारी मोक्तान, सबनम श्रेष्ठ, विष्णु थापा मगर, बुनुकुमारी फियाक, सविता तामाङ, प्रमिला तिमल्सिना, रन्जुसिंह ठकुरी, सुजिना परियार, पुजा कार्की, चन्द्रकुमार धामी परियार, अप्सरा लामा र राज न्यौपाने रहेका छन ।

त्यस्तै साउदी हिडेका प्रकाश ओली, जापान हिंडेका पुजा विक र माल्दिभ्स हिंडेका राजेन्द्र पोखरेलको यात्रा पनि शंकास्पद् देखिएको थियो ।