२९ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा आयोजित कोप–२९ मा सहभागी भएर बिहीबार नेपालका लागि प्रस्थान गरेका छन् । उनी बाकुबाट कतारको दोहाहुँदै स्वदेश फर्किने छन् ।
उनलाई बाकुस्थित हैदर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका स्वास्थ्यमन्त्री तेमुर मुसाएभले बिदाइ गरे । राष्ट्रपति पौडेल शुक्रबार स्वदेश आइपुग्ने तालिका छ ।