२९ कात्तिक, काठमाडौं । पाकिस्तानविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा घरेलु टिम अस्ट्रेलिया २९ रनले विजयी भएको छ ।
जितसँगै सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ । पाकिस्तानले भने सिरिजमा हारबाट सुरुवात गरेको छ । आज भएको खेलमा अस्ट्रेलियाले दिएको ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो ।
एकदिवसीयपछि पाकिस्तान र अस्ट्रेलियाले तीन खेलको टी-२० सिरिज खेलिरहेका हुन । यी दुई टिमबीचको दोस्रो टी-२० आई शनिबार हुनेछ ।