२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक–२०८० बारे बोल्दै उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्ने बताएका हुन्।
उनले संविधानको पालना गरेर कानुन बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानुन बन्ने गरेको बताए।
उनले सरकार सधैँ निरंकुश हुने भन्दै स्टक होल्डरहरुसँग बसेर छलफल गरेर मात्रै कानुनहरु बनाउनु उचित हुने बताए। उनले सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने माग गरे।
उनले भने, ‘हामी कानुन बनाउँदा अत्यन्त समय लगाउँछौँ र त्यसलाई पूर्णता दिएर अघि बढ्छौँ। यो विधेयकको बारेमा कुरा गर्ने हो भने त धेरै कुरा छ। यो विधेयक त रिराइट नै गर्नुपर्छ जस्तो मलाई लाग्छ। किन यस्तो भइरहेको छ भने स्टेक होल्डरसँग हामीले सरसल्लाह नगरी अघि बढेका छौँ।’