२९ कात्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ स्थित गाम्चामा एकै परिवारका तीन सदस्य मृत भेटिएका छन् ।
मृत भेटिनेमा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
मोक्तानका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि जाँच गर्दा बन्द कोठाभित्र शव भेटिएको बताइएको छ ।
घटनास्थलमा प्रहरी वृत्त, बौद्ध, जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट शवको मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।