|  

नेपालले आजदेखि बंगलादेशलाई बिजुली बेच्दै

३० कात्तिक, काठमाडौं । आजदेखि नेपालको बिजुली बंगलादेशमा निर्यात हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषका अनुसार आज  मध्याह्न १२स्४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात हुनेछ ।  नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६।४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्नेछ ।

बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपसी विद्युत् व्यापार निगम लिमिटेड ९एनभीभीएन० को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्ने छ ।