|  

रविसँग रुपन्देहीमा ३ दिनमा साढे २३ घण्टा बयान, ७४ वटा प्रश्न सोधियो 

३० कात्तिक, काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा रूपन्देही लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग  सरकारी वकिल कार्यालय रुपन्देहीमा साढे २३ घण्टाको बयान लिइएको छ ।

तीन दिनसम्म भएको बयानमा  लामिछानेले रकम अपचलनमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । सरकारी वकिल कार्यालय रुपन्देहीमा मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टाको बयानमा लामिछानेसँग ७४ वटा प्रश्न गरिएको थियो ।

सहकारीको वचत अपचलन र संगठित अपराध आरोपमा अनुसन्धानका क्रममा लामिछानेसँग भैरहवामा मंगलबार मौखिक तथा बुधबार र बिहीबार ७४ वटा लिखित प्रश्न सोधिएको थियो । ती प्रश्नको जवाफमा लामिछानेले सहकारीको वचत अपचलनमा आफ्नो संलग्नता अस्वीकार गरेको बताइएको छ ।

मौखिक र लिखित सबै प्रश्नमा लामिछानेले सहकारी ठगीमा आफू संलग्न नभएको बयान दिंदै आफ्नो नाममा कसले ऋण लगेको हो आफूलाई जानकारी नभएको बताएका थिए ।