३० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा पठाइने भएको छ।
आज विमानस्थल खुलेपछि पोखरा पठाउने तयारी भएको स्रोतले जनाएको छ । भैरहवामा गौतमबुद्व विमानस्थल मौसम प्रतिकुलताका कारण ११-१२ बजे यता खुल्ने सम्भावना कम रहेको बताइएको छ ।
बुटवलको सुप्रिम सहकारीको सङ्गठित ठगी आरोपमा बयान लिन लामिछानेलाई मंगलबार कास्कीबाट भैरहवा लगिएको थियो ।