|  

फोहोरमा राजनीति गर्ने समय सकिएः बालेन

३० कात्तिक, काठमाडौं ।  काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोरमा राजनीति गर्ने समय सकिएको बताएका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै बालेनले अदालतको आदेशपछि फोहोरमा भइरहेको एक खालको अवरोध पाखा लागेको बताएका हुन् ।

साथै बालेनले काठमाडौँको फोहोरको दिगो व्यवस्थापन सम्भव भएको भन्दै राजनीतिक दाउपेच छोडेर महानगरलाई साथ दिन अपिल समेत गरेका छन् ।