|  

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

३० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर स्वदेश फर्किएका छन् ।

अजरबैजानबाट कतारको राजधानी दोहा हुदै राष्ट्रपति पौडेलको टोली शुक्रबार बिहान स्वदेश आइपुगेको हो ।

अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो ।