|  

दार्चुलामा जीप दुर्घटना अपडेटः मृ#त्यु हुनेको संख्या ८ पुग्यो (नामसहित)

३० कात्तिक, काठमाडौं । दार्चुलामा जीप दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ।दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको हो ।

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका-९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर-५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर-५ का ५० वर्षीय बिरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिलको मृत्यु भएको छ ।

चालक मालिकार्जुन-८ पस्तीका सुनिल जोशीको टाउकोमा गम्भीर चोट छ । ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी-५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाइते भएको भएका छन् । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान मालिकार्जुन धाम मेलाबाट फर्किरहेको म १ ज ३३८ नम्बरको जिप सडकबाट तीन सय मिटर तल खसेको थियो।