३० कात्तिक, काठमाडौं । नेपालबाट पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात गरिएको छ । यसअघि भारतमा मात्रै भइरहेको निर्यात बंगलादेशसम्म पुगेको हो ।
नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा ४० मेगावा विद्युत् निर्यात भएको हो । भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल रूपमा निर्यातको सुरुआत गरे ।
नेपालले भारतीय ग्रिडको प्रयोग गरी यो वर्ष आज ४० मेगावाट विद्युत् पठाएको हो । नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ ।