३० कात्तिक, काठमाडौं । काठमाडौंको गौशालामा काठमाडौँ महानगरपालिकाको प्रहरी बल र स्थानीयबिच तनावको स्थिति सिर्जना भएको छ ।
फुटपाथ अतिक्रमण गरी बनाइएको संरचना भत्काउन शुक्रबार महानगर प्रहरीको टोली डोजरसहित पुगेपछि तनावको अवस्था निम्तिएको हो ।
अतिक्रमित संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गर्दा सामान्य धकेलाधकेलका स्थिति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।