|  

बद्री मन्त्री पाण्डेले दिए आफ्नै पार्टीका सांसदविरुद्ध उजुरी

३० कात्तिक, काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंमाथि पार्टी अनुशासन समिति र संसदीय दलमा उजरी दिएका छन् ।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले आफूमाथि अमर्यादित, गैरकाननी र अनर्गल आरोप लगाएको दाबीसहित हदैसम्मको कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।

सांसद बजगाईंले टाइगरटप्सलाई क्यासिनो इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलमा पोस्ट गरेका थिए ।

मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाईंले सबै पोस्टहरू हटाएका थिए ।