|  

रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

३० कात्तिक, काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ ।

बयानका लागि गत मंगलबार कास्कीबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान हिजो साँझ अबेर सकिएको थियो ।

लामिछानेलाई यति एअरलाइन्सको विमानबाट साढे एक बजे पोखरा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।