३० कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यलाई प्राथमिकतामा राखेका छन् ।
बिहिबार आयोजित एक कार्यक्रममा उनले आफ्नो प्रशासनले रुस-युक्रेन युद्ध अन्त्यमा ध्यान दिने उनले बताएका हुन् । उनले भनेका छन्, हामी मध्यपूर्व र रुस-युक्रेनको युद्धमा डटेर काम गरिरहेका छौँ । यसलाई रोक्नै पर्छ ।’
साथै उनले यस युद्धमा अहिलेसम्म ज्यान गुमाएकाहरूप्रति पनि दुःख व्यक्त गरेका छन् । आफ्नो प्रशासनले पश्चिम एसियामा शान्ति स्थापना गर्न पनि काम गर्ने ट्रम्पले बताएका छन् ।