|  

बङ्गलादेशमा विद्युत निर्यात भएपछि प्रचण्ड हर्षित 

३० कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो पटक नेपालबाट बङ्गलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित भएको बताएका छन ।

विद्युत निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने भन्दै उनले खुश व्यक्त गरेका हुन् । उनले अघिल्लो जेठमा प्रधानमन्त्रीका रुपमा भएको आफ्नो भारत भ्रमणका क्रममा नेपालबाट बङ्गलादेशमा विद्युत निर्यात गर्नका लागि भारत सरकार सहमत भएको बताए । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गरेको छ । विद्युत व्यापारको इतिहासमा नेपालको बिजुली भारतपछि अर्को देश पुग्न लागेको हो । भारतको केन्द्रीय विद्युत नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि आज प्राधिकरणले विद्युत निर्यात गरेको हो । विद्युत व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो ।