|  

कर्नाटक यू-१९ विरुद्धको एकदिवसीय सिरिजमा नेपालको जित 

३० कात्तिक, काठमाडौं । कर्नाटक यू-१९ विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

आज मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आयोजक नेपाल यू-१९ टोलीले ७ विकेटको जित निकालेको हो । कर्नाटकले दिएको १ सय २२ रनको लक्ष्य आयोजक नेपालले २५औँ ओभरमा तीन विकेट गुमाएर पूरा र्गयो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्नाटक यू-१९ टिम ३८.१ ओभरमा १ सय २१ रनमा अलआउट भयो । यो जितपछि पाँच खेलको सिरिज एकरएकको स्थितिमा आएको छ । सिरिजको पहिलो खेलमा नेपाल एक विकेटले पराजित भएको थियो । श्रृंखलाको तेस्रो खेल आइतबार हुने तालिका छ । नेपाल आसन्न संस्करणको यू–१९ एसिया कपको तयारीस्वरूप कर्नाटक-१९ सँग खेलिरहेको हो । 

एसिया कपमा नेपालले २९ नोभेम्बरमा श्रीलंका, १ डिसेम्बरमा बंगलादेश र ३ डिसेम्बरमा अफगानिस्तानसँग खेल्ने तालिका छ ।