|  

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९० करोड भन्दा बढी रकम जम्मा

३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म ९६ भन्दा बढी संघसंस्था तथा व्यक्तिले रकम जम्मा गरेका छन ।

गत असोजमा अविरल वर्षापछि आएको बाढी तथा पहिरोले देशैभर ठूलो जनधनको क्षति गरेपछि सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । त्यसपछि कोषमा व्यक्ति, संघसंस्था र सरकारी निकायले रकम जम्मा गर्दै आएका छन । २०८१ असार मसान्तसम्म कोषमा १ अर्ब ५६ करोड ९८ लाख ९८ हजार ६८ रुपैयाँ रहेको थियो । हाल १ अर्ब ९० करोड ११ लाख ६७ हजार ९५ रुपैयाँ रकम कोषमा जम्मा भएको छ ।