|  

रविलाई स्वास्थ्य परीक्षण गरेर कास्कीको हिरासतमा लगियो 

३० कात्तिक, काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षण गरेर हिरासतमा लगिएको छ । 

स्वास्थ्य परीक्षणका लागि पोखरा विमानस्थलबाट सिधैँ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेर हिरासतमा लगिएको हो  । 

साढे १ बजे भैरहवा विमानस्थलबाट उडेको यती एयरलायन्सको जहाज केहीबेर पहिले पोखरा अवतरण गरेको थियो ।लामिछानेलाई बयानका लागि गत मंगलबार पोखराबाट उनलाई भैरहवा लगिएको थियो।

रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो। 

पछिल्लो पटक कात्तिक २५ गते जिल्ला अदालत कास्कीले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।