|  

दार्चुलामा जिप दुर्घटना : २ जना कर्मचारी गुमाउदा गोकुलेश्वर बहुमुखी क्याम्पस शोकमा

३० कात्तिक, काठमाडौं । दार्चुलामा भएको जिप दुर्घटनामा एकै क्याम्पसका दुईजना कर्मचारीको निधन भएको छ।

शुक्रबार बिहान शैल्यशिखर नगरपालिका–६ बकजेबलामा भएको जिप दुर्घटनाका मृतक ८ मध्ये दुई जना गोकुलेश्वर बहुमुखी क्याम्पसका कर्मचारी हुन ।

शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलिप विष्टको घटनास्थलमै र ४० वर्षीया मीना लेखकको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

विष्ट क्याम्पसको पुस्तकालय शाखा प्रमुख थिए। उनी ०६६-०६७ देखि क्याम्पसको पुस्तकालय शाखामा आबद्ध थिए।

मृतक लेखक क्याम्पसको प्रमुख लेखापाल थिइन्। क्याम्पस स्थापनाकालदेखि नै उनि लेखा शाखामा कार्यरत थिइन्।

क्याम्पसको शाखाका प्रमुख कर्मचारीनै गुमाउँदा निकै क्षति पुगेको छ। दुर्घटनाको दुःख् खबरले क्याम्पस परिवार शोकमा डुबेको छ । मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कैलालीको धनगढी ल्याइएको छ।