|  

उत्तर कोरियाद्वारा आत्मघाती ड्रोनको सफल परिक्षण 

३० कात्तिक, काठमाडौं । उत्तर कोरियाले आत्मघाती ड्रोन उत्पादन थालेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले हालै मानवरहित एरियल टेक्नोलोजी कम्प्लेक्सले उत्पादन गरेका आत्मघाती ड्रोनको निरिक्षण गरेको भनिएको छ । कोरियाली समाचार संस्थाहरुले किमले ड्रोन उत्पादन स्थलको अवलोकन गरेको तस्वीर सार्वजनिक गरेका थिए । यी ड्रोनहरु फरक फरक दुरीमा तोकिएको स्थानमा आक्रमण गर्न सकिने गरि बनाइएको दाबी गरिएको छ ।

यी ड्रोनहरु जमिन र समुन्द्री दुवै किसिमका आक्रमणलाई ध्यानमा राखेर बनाइएको भनिएको छ । ठुलो र सानो साइजका दुवै किसिमको ड्रोनको सफल परिक्षण भइसकेको र यसले उत्तर कोरियाको सैनिक गतिविधिको दयारालाई विश्वभर फैलाउने दाबि किमले गरेका छन् ।  यी ड्रोनहरुलाई ट्रयाक गर्न मुश्किल हुने र हानेर खसाल्न समेत नसकिने दाबि गरिएको छ ।