|  

स्पेनको वृद्धाश्रममा आगलागीः कम्तीमा १० जनाको मृत्यु

३० कात्तिक, काठमाडौं । स्पेनको उत्तरपूर्वी शहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा गय राति आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ ।

स्थानीय समयअनुसार बिहान ५ः०० बजे आगलागी हुँदा त्यहाँ ८२ जना रहेका थिए । धेरै वृद्धवृद्धाको धुवाँले निस्सासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । जार्डिनेस डे भिल्लाफ्रान्का निवास सन २००८ मा वृद्धहरूका लागि आवासका रूपमा खोलिएको थियो भने हालै यसलाई मानसिक स्वास्थ्य समस्या भएका वृद्धव्यक्तिहरूलाई राख्नेगरी सुविधाहरू थपिएको थियो ।