|  

चर्चित भजनगायक विक्रम श्री कलेजो क्यान्सरबाट पीडितः आर्थिक सहयोगको अपिल ! 

३० कात्तिक, काठमाडौं । चर्चित भजनगायक तथा संगीतकार विक्रम श्री (यादव बास्तोला) ले आर्थिक सहयोगका लागि अपील गरेका छन् ।

भारतको दिल्लीमा उपचार गराएर केही समयअघि मात्रै फर्किएका उनलाई थप उपचारका लागि रकम अभाव भएपछि जीवन रक्षाका लागि अपील गरेका हुन् । उनकी श्रीमती जानुका बास्तोलाले बैंक खातमार्फत सकेको सहयोग गरिदिन आग्रह गरेकी छन् । उनी कलेजोको क्यान्सरबाट पीडित रहेका छन् ।

अहिले विक्रमश्रीले औषधि खाइरहेको र त्यो एक महिनाका लागि मात्रै पुग्ने अवस्था रहेको भनिएको छ । पुनः उपचारका लागि फेरि दिल्लीमै जानुपर्ने तर त्यसका लागि घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च अभाव भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । इच्छुक दाताले ग्लोबल आईएमई बैंक, डाँगीहाट शाखाको खाता नम्बर २२३०७०१०००३९५१ मा सहयोग रकम पठाउन सक्नेछन ।

मोरङको बेलबारी नगरपालिका-११, लक्ष्मीमार्ग निवासी विक्रमश्रीका धुन बज्यो धुन बज्यो, पक्कै कृष्ण हुन लगायत थुप्रै भजन चर्चित छन ।