|  

बढ्यो डिजेल र मट्टितेलको मूल्य, प्रतिलिटर कति पुग्यो  ? 

१ मंसिर, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी प्रतिलिटर तीन रुपैयाँले डिजेल र मट्टितेलको  मूल्य बढाएको हो ।

मूल्य समायोजनसँगै डिजेल तथा मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।