|  

स्पेनको वृद्धाश्रममा आगलागी हुँदा १० जनाको मृ#त्यु

१ मंसिर, काठमाडौं ।  उत्तरपूर्वी सहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहीबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

स्पेनी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान ५ बजे आगलागी हुँदा त्यहाँ ८२ जना रहेका थिए । एउटा कोठामा आगलागी भएको तर आगलागीका कारण पूरै निवासभरि धुवाँ फैलिएको थियो । धेरै वृद्धवृद्धाको धुवाँले निस्सासिएर मृत्यु भएको हुन सक्ने स्रोतले जनाएको छ ।