|  

दिल्लीमा उच्च वायु प्रदूषणः स्कूलमा मास्क अनिवार्य

१ मंसिर, काठमाडौं ।  पछिल्ला केही दिनदेखि भारतको राजधानी दिल्लीमा उच्च वायु प्रदूषण रेकर्ड गरिएको छ ।

शनिबार बिहान पनि दिल्लीमा प्रदूषण निकै खतरनाक स्तरमा रेकर्ड गरिएको भारतीयसञ्चार माध्यमहरूले जनाएका छन् । बिहान ७ बजे दिल्लीको एयर क्वालिटी इन्डेक्स ४०० भन्दा माथि थियो । प्रदूषणलाई ध्यानमा राख्दै मुख्यमन्त्री अतिशीले सरकारी कार्यालयका लागि नयाँ समय घोषणा गरेकी छन् ।

केन्द्र सरकारका कार्यालयहरू बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म, दिल्ली सरकारका कार्यालयहरू बिहान १० बजेदेखि साँझ साँझ साढे ६ बजेसम्म र एमसीडी कार्यालयहरू बिहान साढे ८ देखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । कक्षा ६ देखि १२ सम्मका विद्यालयमा मास्क अनिवार्य गर्ने निर्णय गरिएको छ ।