१ मंसिर, काठमाडौं । ललितपुरमा बंगुर-सुंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि भएको छ ।
ललितपुर महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै चुनिखेल, नख्खु करीडोरमा बंगुर र संगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर देखा परेको जनाएको हो ।
कार्त्तिक २५ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट उक्त रोग पुष्टि भएको महानगरले जनाएको छ ।