|  

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित

१ मंसिर, काठमाडौं ।   नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ ।

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म आठ पटक यो सम्मान प्राप्त गर्न सफल भएको हो ।

शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा बिच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई  पुरस्कृत गरेका हुन् ।

नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरू सहित विभिन्न विधाबाट सबै भन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ ।