१ मंसिर, काठमाडौं । आम जनता पार्टीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
जनतामाथि थोपरिएको अनावश्यक कर, बढ्दो महँगी र भ्रष्टाचार नियन्त्रण जस्ता सार्वजनिक महत्त्वका मुद्दामा सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै पार्टीले विरोध प्रदर्शन गरेको हो ।
शान्ति वाटिकादेखि सुरु भएको प्रदर्शनमा पार्टीको झण्डा सहित कार्यकर्ताहरूले जुलुस निकालेका थिए ।