|  

मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छः शंकर पोखरेल

०१ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको जिकिर गरेका छन् ।

नेकपा एमाले सूर्यविनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास–निर्माणका काममा तल्लीन भएको बताए । उनले भने, ‘नेकपा एमालेको नेतृत्वमा सरकार भएपनि पनि एकल निर्णय र एजेण्डा बोकेर हिड्न पाएको छैन, साझा एजेण्डामा सरकार सञ्चालन भइरहेको छ  ।’

राज्य र जनता मिलेर देश बनाउनुपर्नेमा जोड दिँदै उनले राजनीतिक स्थायित्व भएमा देशलाई समृद्धिको मार्गमा डो¥याउन धेरै समय नलाग्ने बताएका छन् ।