०१ मंसिर, काठमाडौं । आसन्न उपनिर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागु हुँदैछ ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्रका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ । उपचुनाव सम्पन्न नहुन्जेलसम्म आचारसंहिता कायमै रहनेछ ।
स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । भोलि उमेदवारको मनोनयनपत्र दर्ता गरिने आयोगको कार्यतालिका छ ।